त्यो मान्छे होइन
यकिना अगाध
मस्तिष्क चल्छ
तैपनि केही सोच्दैन ।
आँखा देख्छ
तैपनि दृष्य बुझ्दैन ।
मुख बोल्छ
तैपनि आवाज उठाउँदैन ।
हात चल्छ
तैपनि मुठी उज्याँउदैन ।
खुट्टा हिंड्छ
तैपनि गन्तव्य ठहऱ्याउँदैन ।
अरूकै गुलामीको लागि लम्पसार पर्छ
आफ्नो अधिकार बिर्सी पठाउँछ ।
त्यो मान्छे होइन
रोबोर्ट हो ।
जो मालिकले आफ्नो सेवाको लागि बनाएको हुन्छ
जो मालिकले आफ्नो रक्षाको लागि बनाएको हुन्छ
जो मालिकको आदेशले मात्र चलमलाउँछ ।
हामी रोबोर्टसँग जीवन खोजिरहेका छौँ
रोबोर्टसँग जीवन खोज्नु मुर्खता हो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला