साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविता- विदेश

मीरा शाही

सोचेजस्तो सजिलो कहाँ हुन्छ हजुर विदेश ?

परबाट देख्दा पैसाको खानीजस्तो

देखाइन्छन् चिल्ला सडक, गाडी, आलिसान महल

सुन्दर सामुन्द्रिक तट अनि मनोरम बगैँचा

तर

ती त सब देखाउने कुरा हुन्

भोगाइ त बिल्कुलै फरक छ

देखाइँदैन बगेका पसिनाका धारा,

हत्केलामा उठेका ठेला,

घोटिएका हाड, खिइएका नङ

अनिँदा आँखा, आङ्खनाका माया र यादले

चस्किएका छाती, आत्मस्वाभिमानमा लागेको चोट

अनि त्यो एक्लोपन ।

 

फोटामा देखिएको मुस्कुराउँदो चेहरा

भिडियोमा देखिएको हँसिलो अनुहार सम्झँदै

नपठाऊन् आङ्खनाले मागका लामा लिष्ट

भनून् अर्धाङ्गिनीले

प्रिय मान्छे !

मलाई चाहिन्नँ ती निर्जीव पत्थर

मलाई चाहिन्नँ महङ्गा वस्त्राभूषण

म जान्नँ पार्लर र बुटिकहरू

म जे छु, जस्तो छु स्वीकार

फर्क प्रिय मान्छे

एकअर्काको हात समाउँदै

सँगै बगाउँला पसिना

एकअर्काको ढुकढुकी सुन्दै

सँगै बगाउँला सुख अनि दुःखका आँसु

भनून् सन्तानहरूले

भो बाबा चाहिन्न हामीलाई

ती महङ्गा, स्कुल र कलेज

चाहिन्न फेसन

फर्कनुस्

दिनुस् न्यानो माया र आत्मीय साथ ।

प्रतिक्रिया
Loading...