हो त्यो पर्दैन,
जनताको उपचार गर्नु पर्दैन,
अक्सिजनको जोहो गर्नु पर्दैन,
औषधिको व्यवस्था गर्नु पर्दैन,
बिरामीलाई सान्त्वना दिनु पर्दैन,
निर्मम समयले मसानघाटसम्म पुगेका
स्वासबिनाका त्यी मानिस तिम्रा होइनन् ।
त्यी पराईका भइसके चिन्ता लिनु पर्दैन ।
सत्ताको आडम्बरले मृत्यु जित्छु,
भन्ने तिम्रो दुर्मति पनि ढल्नेछ ।
जुन शाश्वत सत्य हो,
त्यो चुलिँदो अहङ्कारले छोपेको छ ।
जुन दिन आफूलाई पर्नेछ नि बज्रपात
त्यो दिन पनि तिम्रो प्रतिज्ञा टुट्नेछ
एक सप्को स्वास, एक टुक्रो कात्रो
एक अँजुली जल नपाएका
विक्षिप्त आत्मले रोक्नेछन् ।
अनि तिम्रो पनि गन्तव्य निश्चिन्त छ ।
र भन्नेछौ स्वर्गको अभिलाषामा
भो त्यो नर्क पर्दैन ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला