केही टुक्राहरू
(क )
गाँउबाट भागेर सहर आइपुगेका
केटाकेटीको निधारमा
दुःखको सबभन्दा पुरानो
गीत लेखिदिएको छ भगवान्ले,
र मरेका मुटुहरूको अघिल्तिर
घिनलाग्दो
उस्को मन्दिरको भजन ओसारिरहेछन् केटाकेटीहरू
हरदिन आधुनिक सिसिफसजस्तो!
(ख )
किन यो सहरमा
सबभन्दा बढी मरेको देवताको घर छ
र ढोकै बाहिर उसैका सन्तानहरू
एक कचौरा अँध्यारो भिख
मागिरहेछन्!
(ग)
भगवान्!
चिन्यौ मलाई?
म तिम्रो मरुभूमिमा
क्याक्टस चराइरहेको गोठालो
बर्सौँदेखि पर्खिरहेछु
तिम्रो ढोकाअगाडि
सुनाऊँ कि यी दुई आँखाहरूलाई
रात को पवित्र गीत
एक कचौरा अँध्यारो भनेर!
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला