तिमीलाई लाग्छ
दुःखको एक क्षण पनि
एक युग बराबर हुन्छ ।
जसरी ,
बर्सातपछि
यो बादल पनि
हटेर जानेछन् ।
तिम्रो यो दुःख पनि
क्षणिक मात्र हो ,
यसलाई सहर्ष स्वीकार गर ।
सबै परिवर्तनशील छ
भनेर मनमा राख ।
तिमीलाई दुःख छ
अब सुख आउँदै छ
दुःखपछिको जुन खुसी हुन्छ नि !
त्यो सबैभन्दा रोमाञ्चित हुन्छ ।
दुःखको भावनाप्रति
सजक बन
पल – पलको
दुःखलाई नियाल
तिमीलाई यो समय
कठिन हुन्छ गाह्रो हुन्छ
दुःखमा जिउन ।
जो दुःखमा जिउँछन्
तिनीहरू नै सुखको
अनुभूति गर्नेछन्
तिमीलाई लाग्न सक्छ ।
कोही – कोही बेला
यो दुःख पनि
एक युग बराबर हुन्छ ।
बिर्तामोड झापा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला