

दुष्ट है पर्यो छिमेकी हाम्रो सताउँछ अतिसार
दुख नि दिन्छ सिमा नि सार्छ गर्दछ अत्याचार
उसकै छ त विशाल भूमि लुट्दैछ तै पनि
यो सानो देशको जग्गा र बस्ती मेरै हो यो भनी
नाकाबन्दी गरेर रोक्छ ओखती र मुलो
मानवताको अपराध होला त्यहाँ भन्दा के ठूलो
बिपदमा समेत उद्धार गर्न आउँदामा नेपाल
जासुसी गर्न सूचना भर्न जान्छ त्यो हिमाल
जवान लान्छ पानि नि तान्छ जङ्गलै ऊ खान्छ
सदियौँ देखि हाम्रो त्यो भूमि लुटेर ऊ लान्छ
मान्छे है लुटी नपुगी अझ लुट्दछ देउता नि
बुद्ध र सीता जस्तालाई पनि उसैका हुन् भनी
न त स्वीकार्छ इतिहास उसले न कानुन ऊ मान्छ
विश्वका सामु नकटो बन्दै झूट बोल्न त्यो जान्छ
छेउमा यस्तो छिमेकी भा नि सीमामा न बार छ
पिलर सार्छ जग्गा नि च्याप्छ आफ्नैमा ऊ पार्छ
धन्न है रै छ सगरमाथा निकै नै त्यो माथि
छेउमै भए पिलर सार्दै आउँथ्यो त्यो राति
अमृत समान ती जडिबुटी लैजान्छ ऊ त्यता
कुहेका फलफूल बिषादि हाली पठाउँछ ऊ यता
राम्रा ती हाम्रा सबै ऊ लान्छ खोजेर ऊ उता
मात्र ऊ दिन्छ हुर्काइकन बाँदरे ती नेता
जस्तो नै सुकै अपराधी त्यो होस् दिन्छ है शरण
आफूलाई गोटी बनाउन उसलाई पोषण भरण
उही आफैँ भन्छ सम्बन्ध हाम्रो रोटी र बेटीको
रोटी नि उसलाई बेटी नि उसलाई सीमा नि मेटिगो
मदारीले झैँ छोप्दछ बाँदर पारेर जालैमा
नचाउनलाई पठाउँछ यता उसैको तालैमा
कहिले फेर्छ नाच्नी त्यो बाँदर कहिले उसको ताल
छानी है छानी फेर्दछ बाँदर हानेर महाजाल
मदारी त्यता बाँदर यी यता नचाउँछ ऊ आफैँ
स्वर्गमा जस्तो बगैंचा त्यस्तो बानाए सखापै
तीनतिर हाम्रो छिमेकी त्यस्तो न मिल्छ फेरन
लौन है आइजा कोही ठूलै शक्ति यो पीडा हेरन



