विनोद देउवा

आफैँजस्तो ,
कोही अर्को
भइदिए हुने लाग्छ ,
बेला-बेला ,
आफ्नै माया लाग्छ ,
आफ्नै सम्झना आँउछ !
हामी यो सहरका
प्रत्यक अनुहारहरूमा
प्रत्यक ती आँखाहरूमा
आफ्ना कोही
वा आफूजस्तै कोही ,
आफू कहीँ ,
वा आफूजस्तै कहीँ
केही न केही ,
खोजिरहेका छौ ,
त्यही खोजमा ‘आफ्नो ‘
भड्किरहेका छौ ,
तड्पिरहेका छौ निरन्तर ।
त्रिचन्द्र कलेज