शैलेन्द्र कटवाल

उसलाई थाहा छ
नबोल्दा अन्याय सहनुपर्छ
बोल्दा सहिद भएर मर्नुपर्छ
यो पहुँचवाला बस्ने ठाउँ हो
निमुखाले स्वतन्त्र भएर बाच्न
कसैको सिफारिस कुर्नुपर्छ

कहिले कठ्याङ्ग्रिएर मर्नुपर्छ
कहिले उपचार नपाएर मर्नुपर्छ
उसलाई थाहा छ
भोक मेटाउन यहाँ
कहिले विष खाएर मर्नुपर्छ

या त उसलाई पीडामा बाच्न रमाइलो लाग्छ
या ऊ हरेक जन्म तड्पिएर मर्न चाहन्छ
वा उसलाई ठुलो नेता बन्नु छ
खै किन हो फेरि
अर्को जन्म पनि ऊ
नेपालमै जन्मिन चाहन्छ ।।

पुल्चोक क्याम्पसमा बि .ई. सिभिल  अध्ययनरत