तिम्रो महत्त्व बुझाउन

म कलम उठाऊँ

त खै के लेखूँ

ग्लोबल वार्मिङदेखि

ओजन होलको

कुरा गर्नेहरूलाई

म नयाँ के लेखेर देखाऊँ

यो महामारीमा

तिम्रो याद थुप्रैले गरे

तिम्रो महत्त्वबोध थुप्रैले गरे

आशिक छेत्री

आशिक छेत्री

तर खाएर पोलिथिन जतीयता फ्याँक्दा

तिमीलाई सधैँजस्तो  भुले

प्रदूषणको कुरा हाक्नेहरूले

आफ्नो घर- आँगनमात्रै सफा राख्नेहरूले

जतासुकै नाला, खोला, झाडीतिर

मैला घोप्टाएर गर्ने दैनिक पाप

५ जुनको दिन

#पर्यावरण बचाऔँ लेखेर

गङ्गा नुहाउन खोज्छन्

पर्यावरण विषय पाँच घण्टा

बोल्न सक्नेले

पाँचवटा भए पनि रूखको बिरुवा

रोपे त भइहाल्नेथ्यो

तर प्रकृति

तिम्रो पूजा यहाँ खुब हुन्छ

तिमीलाई देवतासरह पुज्छन्

यज्ञ गर्छन्, धूपदीप गर्छन्

अब सम्पूर्ण बुझेकाहरूलाई

के बुझाउनु

प्रकृति पूजा कसरी गर्ने

धूप बाली ?

होइन प्रदूषण  हुन्छ

बरु रूख रोपौँ

पर्यावरण स्वच्छ बन्छ !!