
टिकाराम खनाल
–
भावनाका सिँढीले
गरिबीको पर्खाल निर्माण गर्ने ऊ
‘रोग’ र ‘भोक’ मेटाइदिने बहानामा
‘शोक’ मा डुबाइरहन चाहन्छ
अनि,
पर्खालको टुप्पामा बसेर
फेरि
आकाशवाणी गर्ने प्रयास गर्छ।
‘श्मशान’ मा राज गर्न
धेरै सजिलो छ
किनकि,
त्यहाँ गुन्जिँदैनन् विरोधका आवाजहरू
त्यसैले,
पुरै राजनीतिक सीमाभित्र
‘श्मशान’ बनाउन खोज्दै छ ऊ ।।
हे धर्ती-पुत्रहरू हो,
पुर्खाको कामलाई निरन्तरता दिँदै
फेरि सिँढीमा इँटा बन्न खोज्यौ भने
तिमी पनि बन्नेछौ श्मशानको पात्र
आऊ, अब हातेमालो गरौँ
नेपाली ग्रेटवाल बनाउन !



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२५ कार्तिक २०८२, मंगलवार 




