ढुङ्गा हुनु भनेको मौन रहनु हो
तिमीलाई फोडेर अरूले
घर बनाउँदा
र नचाहिएका दुईचार टुक्रा तिम्रा
नालीमा हुर्र्याइदिँदा
ढुङ्गा हुनु भनेको सहेर बस्नु हो
हिमपात
आगलागी
बाढी
खडेरी
अरूहरूजस्तै महसुस गरेर पनि
घाउ नदेखाईकन
ढुङ्गा हुनु भनेको आफू निर्दोष हुँदाहुँदै अर्काको
पापको बोझ बोकिदिनु हो
ढुङ्गा हुनु भनेको अरूले नदेख्ने गरी
एकान्तमा रुनु हो
मेरी आमा ढुङ्गा छे
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला