साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

किन रचिन्छ कविता ?

कविता

अव्यक्त भावनालाई व्यर्थिनु भन्दा सिर्जनाको माध्यम हो कविता
हृदयभित्र गुम्सिएको वेदनाको भेललाई निकास दिने यो एक सरिता
होइन है केवल नामको प्यास मेटाउन गाइएको एकोहोरो गाथा
न त हो कसैको बयानमा समर्पित प्रशंसारुपी भ्रामक महत्ता

दर्शाउँछ यसले एक्लै पिरोलिएका घायल मनको वास्तविक अवस्था
कागजमा उतारिएका लिपी मात्र हैन, मिश्रित यसमा वैराग एवं तिक्तता
एक्लोपनको अनन्य मित्र, कवि हृदयद्वारा प्रष्फुठित कारुणिक यथार्थता
धर्मभीरु वा कुनै पक्षको निकट नभइ, यसमा समाहित अनौठो बेग्लै व्यवस्था

बस् यही कोरा कागजमा त उतारिन्छ उकुस-मुकुस मानव मनका व्यथा
ज्ञात नै छ सबमा, जिन्दगी घाम-पानी घोलिएको इन्द्रेणी रंगीन र सफेद कथा
आक्रोश, चिन्ता र बैमनस्यता मात्र कहाँ हो र !
प्रिय जनमाझ हाँसो पोख्ने दन्तलहर पनि त हो यो प्यारो कविता

bahulako diary small and inside post

को आफ्नो ? को विरानो ?
हरेक चाडपर्वको खुसीयाली होस् या आओस कुनै विशेष उत्सव
यिनकै पंक्तिको गुंजनले झंकृत हुन्छन् श्रोताजनका हरेक अवयव

प्रसन्न हुन्छन् कवि महोदय स्वागत गरे गोष्ठीमा दर्शकले हाँसि
दुखान्त भए कविता, चल्न पनि सक्छ भावनात्मक भएर रुवाबासी
बाँच्न सक्दैन सिर्जना प्रशंसकबिना, गुम्सिन्छ भित्र भित्रै निस्सासिइ
कर्णप्रिय मार्मिक कविताका तारीफ सदैव गर्छन् यहाँ सारा जगतवासी

 

प्रतिक्रिया
Loading...