रित्ता भए सडक
सुनसान छन् घरहरू
मरूभूमि भए जीवन
चुपचाप छन् मन
कोही देखाउँछन् दया
कोही लुकाउँछन् आँशु
कोही सजाउँछन् यादहरू
कोही मेटाउँछन् माया
कोही छटपटाउँछन् यहाँ
कोही बिर्सन्छन् घाउहरू
धुँवा भई तस्वीर बने
सम्झनाका कोशेलीहरू
कति सपनाहरू अधुरै रहे
अधुरै रहे कति चाहना ।
बेलायत
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला