देखिन्छन् गगनमा काला बादलका झुन्डहरु
छाेपिएकाछन यहाँ प्रकाशका पुञ्जहरु
रुदै हाेलान मर्त्य लाेकमा चन्द्र शम्शेरहरु
देखेर अझै यहाँ दासका ती अवशेषहरु ।
नयाँ भेरिएन्ट बनि उदाएका छन प्रभुहरु
दासत्वकाे लगाम समाएका छन उनीहरु
रूप फेरिएको छ प्रभुकाे
स्वरूप पनि फेरिएको छ प्रभुकाे
महाराजा बनि उठ्दै छन् प्रभुहरु क्षितिजमा
सेवक बनि जुट्दै छन दासहरु स्वागतमा
थाप्दैछन दासत्वकाे विल्ला निधारमा ।
कालाे धब्बा निधारकाे सेताे देख्छन उनीहरु
नाङ्गो बनेर उभिदा पनि लाज छेक्छन उनीहरु
प्रशंसाले भरिएकाे पुकार लेख्छन उनिहरु
मुक्त छैनन् अझै यहाँका कति नवदासहरु ।
झाेला बाेकि प्रभुकाे ध्वजा उनकै फहराउछन्
जय जयकारकाे रटान प्रभुकाे एकनास सधै लगाउछन
बन्द गर्छन हेर्ने उनका ती ठूला आँखाहरु
बन्द गर्छन साेच्ने उनका ती विवेकहरु
मुक्त छैनन् अझै यहाँका कति नवदासहरु ।
समयकाे बदलावले फरक पारिएका पाे हुन कि ?
प्रभुकाे सिकाईबाट तालिम पाएका पाे हुन कि ?
बाेल्छन एउटै खालकाे भाषा ती झुण्डहरु
खेल्छन एकै प्रकारकाे परेड पनि उनीहरु
मुक्त छैनन यहाँका नवदासहरु ।
कर्म क्षेत्रमा देखिदैन खासै कतै
जनताकाे सेवामा भेटिदैन खासै कतै
गाउछन् भजन एकनास ती प्रभुकै
घुम्छन फनफनी एकनास ती प्रभुकै
खुवाउछन प्रभुलाई चिप्ला गुलिया कुरा
मार्छन डुबुल्की चास्नीमा आफै हरदम पुरा
मुक्त छैनन यहाँका यी नवदासहरु अझै
नमेटिदने पाे हुनकि यी अवशेषहरु सहजै ?
समाप्त ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।