समयको गालामा पोखिएका
आँसुका  ढिक्काहरू हेरेर बित्न सक्छ
बित्न सक्छ गनेर —
पश्चात्तापका अग्ला पहाडहरू
आत्मग्लानिका विशाल समुन्द्रहरू ।
म को हुँ ?
के हो मेरो अस्तित्व ?
कहाँसम्म पुग्न सक्छन् मेरा पैतलाका पदचापहरू?
कति गह्रुङ्गो उठाउन सक्छ?
मेरो मगजले विचारको भारी
कति फराकिलो नाप्न सक्छ?
मेरो आखाँले स्वतन्त्रताको परिधि
कुन रूपमा स्वागत पाउनेछन् नयाँ आयामहरूले?
यस्तै केही सोचेर बित्न सक्छ एक रात ।
या बित्न सक्छ
टाल्दै- छेद परेका सपनाहरूको आकाश
सँगाल्दै भरोसाका अवशेषहरू ।।
       पोखरा