रामकृष्ण प्रजापति

समानता छ भने समाजमा मलाई के नपुग छ
अँध्यारोबाट समेत मिलिरहेको छ उज्यालो
चम्किलो तारा छ भने केहीँ भए नभएपनि
लम्किरहेको छ सङ्घर्षका पाइलाहरू
सङ्घर्षका हरेक पाइलाहरू पूर्णिमाजस्तै छ ।

समानता छ भने सागरमा गहिराइलाई के नपुग छ
डुबेको जहाजबाट छचल्किरहेको छ छालो
मिलन छ किनारा भए नभए पनि
बढिरहेको छ गरीबीका खाडलहरू
यसलाई पार गर्ने आशा जागेको छ ।

समानता छ भने धर्तीमा मानवलाई के नपुग छ
माओको रातो किताबबाट मजदुर किसान हिडेको
दबाएको छ शोषक सामन्त भए नभए पनि
आँसुहरू बगिरहेका छन् कहिले हाँसाहरू
मेरो जीवनसाथी बस यहीँ जिन्दगी छ ।

समानता छ भने क्रान्तिमा हिड्नेलाई के नपुग छ
तरवारको धारबाट हिँडिरहेको छ सजिलो
झुपडी छ महलजस्तो भए नभए पनि
आँखाहरूले देखिरहेको छ सफलताहरू
यही सङ्घर्षको सफलतामा दुनियाँ अडेको छ ।