मोहन ढकाल

हजुरलाई खै कताकता देखे जस्तै लाग्यो
अं साच्चिहाम्रो गाउँको नेताज्यु!
चुनावताका बेला
सपनाको बाढी लिएर आउनुभाथ्यो

लाग्थ्यो,
खडेरीमाहजुरले नै वर्षा गराउनु भाथ्यो
अझै सम्झना छ
घर छेउको बाटोमा
रातारात माटो हालेको
हजुरको समस्या मेरो आफ्नै समस्याभनेको
हजुरका कुरा सुन्दालाग्थ्यो
यहाँ केहि समस्या नै छैनन
समस्या त सबै दुर भैसके

हजुरको सालिन प्रस्तुति यस्तो लाग्थ्यो,
जस्तो बसन्तऋतुको आगमन सँगै
प्रकृतिले पाउने सुन्दर रूप,
कोकिलको सुमधुर भाका जस्तै
अनेक अनेक

तर, हजुर ले त
सपनाको बिउ बाडेर
मरूमुमिको तातो वालुवामा,
बसन्तऋतुकोपालुवाउमार्ने गफ दिनुभएछ
सुर्यमामानववस्तिवसाउनमिल्ने
गफ दिनुभएछ
यस्ता अनेक अनेक गफ

नेताज्यु,
आजभोलि खै कता हराउनु भयो
हजुर,
तपाईँ त धेरै परिवर्तन हुनुभएछ
चिन्नपनिनसक्ने गरि

सपनाको विज खै कता रोप्नुभयो
अनि
फललाग्दै छ त नेताज्यु ?

यहाँवस्तिवस्तिकाकयौँ खालि पेटमा
सन्नाटा छाएको छ
अझभन्ने हो भने
खडेरिले पिल्सिएको विरूवा जस्तै
पिल्सिएका छन्
आशुँका भेल बगेका छन्
मन त्यसै डराउनथालेका छन्
कतै,
हजुरको पाटीको कार्यकर्ता नभएकै कारण
नर्कमातपुगिदैन
तर पनि मन बुझाउने गरेका छन्
झुठा सपनाको खेतिगर्न भन्दा
ईमानदारीताको पसिनाबगाउनपाउँदा

तपाईँ त हाम्रो आफ्नै मान्छे भन्नुहुन्थ्यो
लाग्थ्यो भगवान नै प्रकट भए

तर,हजुरले त मजाकगर्नुभएछ
आफ्नो स्वार्थका लागि
अरूको खुसि लुट्नु भएछ
आजवल्लथाहाभयो नेताज्यु
तपाईँ त अरूको खुसि लुट्ने
महान् लुटेराहुनुहुँदो रहेछ

उड्दा उड्दै गरेकापखेटामा
प्रकृतिको चोट लागेपछि
छटपटिएको बस्तिमा
मल्हम को साटो नुन छर्कने
महान् सिकारी हुनुहुँदो रहेछ

तपाईँ आफै भन्नुस् नेताज्यु
भोको पेटमा राजनीतिनामको
झुर खेतिगर्दा
तपाईँ सन्तुष्ट हुनुहुन्छ ?

विराटनगर