सन्दिप पौडेल

पहिलो भेटको मन्द स्वागतमा,
झल्केको त्यो आत्मियता,
मिर्ग नयनी हासेको त्यो आखाले,
मानौ म कोहि बिशेष हु,
केहि लजालु, केहि कौतुहलता,
अनि अलिकति मुस्कान सहितको आथित्यता,
फेरी म एकपटक त्येही न्यानोपन र स्वागतको प्रतिक्षामा,
अशिम कल्पनाका हावाहुरीका साथ,
तर अवस्था फेरिए छ,
हिमाल हाँसेको त्यो मुस्कानको स्वागतमा
हिमपहिरो झरेछ,
मिर्ग नयनी टोलाएका ति आखाले अरु नै देखेछ,
एता हेर्दै उता हेर्दै, बाटो हेर्दै, झयाल हेर्दै
पाखा पहिरो हेर्दै, खोज्दै खोज्दै अनन्त अनन्त कोष सम्म
अलिकति मुस्कान सहितको
त्यो आथित्यता अब टाडा भय छ,
तिम्रो सम्झना अब बन्द कोठामा पो सिमित भएछ र

धन्यवाद