आफैँजस्तो
कोही अर्को
भइदिए हुने लाग्छ
बेलाबेला
आफ्नै माया लाग्छ
आफ्नै सम्झना आँउछ !
हामी यो सहरका
प्रत्येक अनुहारहरूमा
प्रत्येक ती आँखाहरूमा
आफ्ना कोही
वा आफूजस्तै कोही
आफू कहीँ
वा आफूजस्तै कहीँ
केही न केही
खोजिरहेका छौँ
त्यही खोजमा ‘आफ्नो’
भड्किरहेका छौँ
तड्पिरहेका छौँ निरन्तर ।
त्रिचन्द्र कलेज
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला