Man in jail – People who are blocked are not free,Both thought and body

 

रेजाउद्दिन स्टालिन

आफ्नो दिनभरको चराको खोजीमा
केटा हाम्रो सहरको मुख्य गेटभित्र प्रवेश गऱ्यो
बर्दी धारी र हेल्मेट लाएको प्रहरी देखेर
केटोले सोध्यो :
मेरो चराको टाउको तपाईँको जस्तो टोपजस्तो छ,
पाम-फलको दिउल जस्तै छन् उसका आँखा
उसको चुच्चो हरिया पातहरूबाट हरियो देखिन्छ र उसका पखेटाहरूले फूलको सुगन्ध बाहिर फाल्छन्
के तिमीले मेरो चरा देख्यौ?
मलाई लाग्छ, उड्दै त्यो यतातिर आइपुगेको हुनुपर्छ
अरू कहाँ जान सक्छ र ?

युवा सेन्ट्री अत्यन्त झ्वाँक्कियो
“तपाईँको दिमाग खराब छ, युवक
चरा मानिस हो र त्यसका बारेमा मैले जानकारी राख्नुपर्ने ?”
केटाले आफ्नो आँखामा निर्दोष आश्चर्यका साथ भन्यो
“तर कसरी चरो मान्छेभन्दा कम हो र ?
यो भोकाउँदा तीन पटक खान चाहन्छ,
यो मान्छे जस्तै रिसाउँछ, यसका पनि उडानका सपनाहरू छन्,
र क्षितिजका सीमाहरू भन्दा बाहिर जान कोसिस गर्दछ,
र रातमा राम्ररी सुत्छ।”
सेन्ट्री बोल्यो,  “तिमी जाऊ
कुनै चरा वा त्यस्तो यहाँ केही छैन।”
केटा सहरका सडकतिर लाग्यो
एउटी महिला देखापरिन् जो उभिरहेकी थिइन्
एउटा हवेलीको नीला रङ्गीन रेलिङहरू समातेर
के राजकुमारी हुन् उनी ?

सन्तोषकुमार पोखरेल

केटाले उनलाई अलि बढि दृढताका साथ सोध्यो,
“मसँग एउटा घरपालुवा चरो थियो जुन उडेर गयो ।
के तपाईँले यहाँ वरिपरिको उसलाई देख्नुभो?”
“चरा?” ती आइमाई हाँसिन् ।
उनका ओठहरू हावामा लहरिने पातहरूजस्तै हल्लिरहेका थिए
जस्तो कि उनले भनिन्, “म एउटा चरा हुँ, यत्ति नै।”
“तिमी चरा हौ ! त्यसो भए किन तिम्रो चुच्चो हरियो छैन
तिम्रो ढाड पछाडिको त्यो सुनौलो प्वाँख कहाँ छ?
तिम्रा छातीमुनिका शरद्का बादलहरूझैँ नरम फर कहाँ छन्?”
ती युवा महिला, लज्जाबोधले हराइन्
बादलपछाडि लुकी हिँड्ने मुग्ध चन्द्रमा जस्तै ।

केटा, निराश र थकित,
ट्राफिक सङ्केतसम्म आफ्नो बाटो लाग्यो
सहरको बीचमा त्यो ट्राफिक पुलिस त्यहाँ
अग्लो र सेतो थियो क्याटकिन फूलजस्तै
उसले पक्कै मेरो चरालाई चिन्छ
आफ्नो हराएको चराको खबर दिन
केटो ट्राफिक प्रहरीतिर हतार हतार जाँदै थियो
जेब्रा क्रसिङ्ग बाहिरबाटै सडक पार गर्दै
यसले रक्तपातपूर्ण घटना निम्त्यायो
केटालाई बचाउन केही लिमोसिन गाडीले नियन्त्रण गुमाए
केही पैदल यात्रीहरू सख्त घाइते भए
एकजना मारिए, यस दुःखको पछाडि को थियो?
त्यो केटा, जसेल ट्राफिक सङ्केत उल्लङ्घन गरेर
सहरको भद्र परम्परालाई ध्वस्त पाऱ्यो ।

“उसलाई दोषी ठहराउनुपर्छ”, सेर्जेन्टले भने
केटाले यी सबै कुरा बुझेन; उसले पुलिस भ्यानको आवाजमात्र सुन्यो
र सुन्यो बीस जोडी बुट बजारिएको आवाज
अन्तिम पटक उसले आफूलाई देख्यो
फलामे खोरमा, पछि केटाले सोच्यो :
त्यसैले जसले हरेक दिन चराको खोजीनीति गर्छ
ऊ एकदिन फलामको पिँजडामा पर्छ
सायद ऊ आफैँ एउटा चरा हो।

 

(रजाउद्दीन स्तालिन बङ्गलादेश र बाहिरका प्रख्यात कवि हुन् र उनी २२ नोभेम्बर १९६२ मा बङ्गलादेशको जोसोरमा जन्मेका हुन् । उनले अर्थशास्त्रमा स्नातक डिग्री र ढाका विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए गरे। उनी नजरुल संस्थानका पूर्व उपनिर्देशक थिए, जहाँ उनी ३५ वर्षसम्म कार्यरत रहे। स्तालिनका कविताहरू संसारका धेरै भाषाहरूमा अनुवाद भएका छन्।)