उनीहरू मेरा आँखाको,
मेरा ओठका,
मेरो वक्षस्थलको,
मेरो नितम्बको
मेरा केशका
मेरो आवाजको
मुक्तकण्ठले प्रशंसा गर्छन्
र पालै पिलो बलात्कार गर्छन्।
तिमी छौ र त यो सूर्य छ भन्छन्,
नदी, पहाड र रूख छन् भन्छन्,
चरा छन् गीत र सङ्गीत छ भन्छन्
आउँछन्
मलाई नङ्ग्याउछन्
नग्नतामा सुन्दरता देख्छन्
र पालै पिलो बलात्कार गर्छन्।
संसारकै राम्री हौ भन्छन्
तिमी हाम्री हौ भन्छन्
मादकताको उन्मादमा
खै के के बर्बराउँछन्
म बुझ्दिनँ,
कोही प्रजातन्त्र भन्छन्
कोही लोकतन्त्र भन्छन्,
र दाह्रा गाड्छन् मेरा निर्दोष वक्षस्थलमा,
मुसुक्क हास्दै ‘आइ लभ यू भन्छन्’
र पालै पिलो बलात्कार गर्छन्।
सडकमा उभिएर,
सदनमा उभिएर,
अदालतमा उभिएर,
बेकसरुर भएको दावी गर्छन्
तर फेरि पनि दिनमा आउँछन्
रातमा आउँछन्
बिहानी र साँझमा पनि आउँछन्
र पालै पिलो बलात्कार गर्छन्
श्रीमान्!
जसले मलाई जन्मायो
उसैबाट म बलात्कृत भएकी छु
यदि म गर्भवती भएँ भने,
जन्मने सन्तानको नाम के राख्नुहुन्छ?
फलेवास, पर्वत, हाल- भक्तपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।