
अमिर मगर
पाठशालाको पछिल्लो झ्यालबाट मलाई चिहाउने ती आँखाहरू
अचेल कस्ता सपना सकेर अस्ताउँदै होलान्
मेरा छेउबाट सर्माउँदै पास हुने ती पैतालाहरू
अचेल कस्का साहारा बनेर सुस्ताउदै होलान्
•
मेरा झोलाहरू अन्तिम बिसौनीमा घबराउँदा
तिम्रा सुस्केराहरू तगारो पारी धरमराउदा
मेरो आँसु पनि मैले फस्नलभित्र ओभाएको थिए
बेलुकीले आकाश भर्दै गर्दा
सम्झनाहरूले राप्ती तर्दै गर्दा
तिम्रो रुमाल मैले छातीभित्र जोगाएको थिए
•
मेरो निर्दोष गाउँले प्रेम तिमी
मायाको पुरानो अर्थ आकृति तिमी
तिम्रो स्मृति स्वप्नमा
मेरा कति झझल्कोहरू अटेका छन्?
•
अहिले वर्षौँ बितिसकेछन्
मेरा डेगहरू फर्कने गोरेटो भुलेछन्
त्यही गोरेटोमा तिमी कति वसन्तहरू फेऱ्यौ?
यो निष्ठुरीको पर्खाइमा तिमीले
त्यो पुरानो बिसौनीमा कति हिँउदहरू कुऱ्यौ?
असारे बिलौनाले मेरो चिठी भिज्दा
राप्तीले धमिला आशा बगाई लग्दा
स्याङ्गो मुनी रुझेर कति बर्खाहरू हेऱ्यौ?
•
मेरो शैशवकालको नासो तिमी
पुरानो मायाको खत प्रतिविम्ब तिमी
तिम्रो जिन्दगीको कवितामा
मेरा यादले कस्तो नो बोकेका छन्?
दाङ्ग



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
