रुख रोपौँ नानी हो
यो त राम्रो बानी हो
हराभरा पारौँ न
खाली ठाउँ बिरुवा सारौँ न ।

वनजङ्गल हुने ठाउँ
अक्सिजनको खानी हो
बोटबिरुवा जोगाउने
साहृै राम्रो बानी हो ।

प्रदूषणको ओखती
रूखले विकार खाइदिन्छ
दुर्गन्धितलाई पचाउँछ
रूखले जीवन बचाउँछ ।

मोहनसिंह साउद

स्वस्थ हावा दिएर
जीवन धन्य पारिदिन्छ
छहारीमा बवसेमा
मनमा शान्ति ल्याइदिन्छ ।

जताततै रूख रोपौँ
सबैजनलाई यै भनौँ
काट्नु हुन्न रूख भनी
मनमा कुरा यै गनौँ ।

रूख नै हाम्रो जीवन हो
सुन्दरताको प्रतीक हो
रूख रोपौँ नानी हो
यो नै राम्रो बानी हो ।

सहप्राध्यापक, कैलाली बहुमुखी क्याम्पस, धनगढी