असीमितताको समय भाग-दौडमा
कुद्ने नै हाम्रो निस्फल प्राप्ति
बढेका हामी हाम्रा चाहना अकङ्क्षा
इच्छा अघोर इच्छा,
लक्ष्यहीन लक्ष्यका खटनमा पसिना रगत
चुहिदै, बग्दै अविरल छातीबाट ।
बनिदैन भाग्य लेखिदैन निधारमा
आफैँ आफैँमा
दोहोरिदैन वर्तमान भूत भएपछि
ब्रमाण्ड ग्रह आठैमा
समय जब व्याकुल हुदाँ
ननै आउने छ फर्केर छाती पिटी रुँदा
तब आफ्नै छायाले पच्छ्याउन छाड्ने छ ।
निःशब्द भई किन बस्ने ?
मनका कुण्ठित भावको
कहिलेसम्म गाँठो कस्ने
नशाभित्र दौड्छ
तिम्रो प्रतिभा निश्दीन,
नचिनी भौतारिने प्रगाढ योवनलाई
सङ्घर्ष एकाग्रमा चित्त राख ।
हाम्रा अन्तरशक्ति तप्त लाभा अग्नि
यत्न हो विश्वास नित्य धर्मभक्ति
पौरुष हामी सबको ठूला ढुङ्गा
वायुका दूतवेगभन्दा, बुजिली तिक्ष्ण हामीमा,
उज्यालो हाम्रा अन्तष्कारण मन वृत्ति यी
स्वच्छन्द विचार नवीनतम सोच
विकिर्ण हुँदा संसार हल्लाउने
क्षमता राख्दछ ती ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला