कविता : उत्तेजना

राज भट्टराई

 

छोराको भावनात्मक उत्तेजनाले

डाक्टर पिटिए, नर्स पिटिए

उनीहरूले बाँच्नका लागि

ट्वाइलेट र छतको प्रयोग गरे

तर

बा र आमाको

कुन उत्तेजनाले गर्दा हो ?

नागरिकता हैन, देश बेचियो

जनतालाई भेन्टिलेटरमा पुर्याइयो

जहाँ जनता

न त ट्वाइलेटबाट भागेर बाँच्न सक्छन्

न त छतबाटै हाम्फालेर नै ।