मसान !
मसान कहाँ छ?
मसान खोज्न आर्यघाट जान पर्दैन
मसान त हामीसँगै छ
मानव शरीर नै मसान हो
जहाँ
हरेक पल आफ्नो
अनि
कसै न कसैको भावना जलिरहेको हुन्छ।
पापी!
पापी को हो?
सृष्टिको अद्भुत रचना मानव
पापी त मानवजाति हो
पापी त मानवजातिको मन हो
मन पापी हुन्छ
जसले जानी जानी
कसैलाई आघात पार्छ
गहिरो चोट पुर्याउँछ ।
स्वार्थ !
स्वार्थ कोसँग हुन्छ
जसले आफ्नो मात्र सोच्छ
आफ्नो हितको लागि जे नि गर्छ
त्यो अन्जानमा हुँदैन
आफू क्षणभर रमाउन
अरुको इच्छाशक्तिमाथि खेलवाड गर्छ
त्यो स्वार्थी हुन्छ
स्वार्थ मानवजातिको स्वभावमा हुन्छ।
सृष्टि !
सृष्टि के हो?
सृष्टि आँखा हो
आँखाले सारा दुनियाँ देख्छ
आँखाले देखेको मनले रोज्छ
आँखा लोभी हुन्छ
मानवजाति लोभी हुन्छ
सारा सृष्टि आफ्नो वशमा राख्न खोज्छ।
मानव !
मानव को हो?
मानव सृष्टिको अद्भुत सृजना हो
तर
मानव स्वार्थी हुन्छ
मानव घमण्डी हुन्छ
मानव लोभी हुन्छ
मानव चेतनशील भए तापनि
अचेत हुन्छ।
घमण्ड !
घमण्ड केमा गर्ने?
घमण्ड शक्तिमा गर्ने भए
त्यो एकदिन नष्ट हुन्छ
घमण्ड धनमा गर्ने हो भने
त्यो अविरल हुँदैन
घमण्ड त मानव सेवामा गर्नुपर्छ
त्यो दिगो हुन्छ
त्यसले जीवन सुन्दर बनाउने छ ।
मानवता !
मानवता के हो?
मानवता मानव सेवा हो
मानवता मानव धर्म हो
मानव सेवा नै सर्वोत्कृष्ट सेवा हो
मानवता मानव जातिको बोली हो
बोली मिठास हुन पर्छ
किनकि धारिलो हतियार भन्दा
बोलीको प्रहार घातक हुन्छ।
स्वार्थ मानव सेवामा गर
घमण्ड मानव सेवामा गर
धर्म मानव सेवामा गर
मानवता धर्म हो
धर्म ढुङ्गामा नखोज
धर्म त दुःखी निमुखाहरुको सेवामा हुन्छ
एकपल्ट मानव सेवामा खोजी त हेर !
अनि मात्र जीवन सार्थक बन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।