यहाँ हरेक दिन जात्रा भैरहेछ –
किसान मल बीउ अभावको
ठूलालाई ठुलो पदको
सानालाई ठूलाको आशीर्वादको
भ्रष्टाचारी कमिसनको
कालोबजारी मौकाको
सरकार दम्भको
प्रतिपक्षी आलोचनाको
भोको पेट भोजनको
पत्रकार ट्रेन्डिङको …
बस् ! हर कोही जात्रा मनाइरहेछन्।
फरक यत्ति छ –
कसैको जात्रा – उत्सव हो।
कसैको जात्रा – दुर्दशा हो।
नुवाकोट
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला