कतिसम्म रूपमै अल्झन खोजेकी
बुझ्न नसकेपछि टोली बस्ने
वृद्धअवस्थामा पुगेकी बजै
सम्झना तितो भन्दै रुन्छिन मिसिसिपिकी लाटी ।।
बुझ्न गाह्रो उनको त्यो बाेली
इसारा नै पनि काफी बुझ्नेलाई भनेझैँ
ती बजै,
अनि उनको यौवनकालका काण्डहरू ।।
कुराे बुझ्दै जाँदा आज उनको जन्म दिवस पो रहे छ
सम्झौता अनि सम्झनामा अल्झेकी
मिसिसिपीकी लाटी,
बटुल बाटुल गर्छिन् कुरा पाठ्ठी ।।
बरै रहेछ उनकाे त्यो धाेकाे
जान घुम्न काशी, बाेकी पाेल्ठाे
कस्ले पुऱ्याइदिने अब उनलाई
काे नै छ र यहाँ उनको बाँकी ।।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला