१. जीवन यात्रा

प्रश्नहरू यति धेरै सोधिन्छन्

हतार हतार गर्दागर्दैं

उत्तर पुस्तिकामा

सिम्बोल नं. लेख्नै छुट्छ ।

 

२.एयरपोर्ट

भेटिँदा पनि

छुटिँदा पनि

जहाँ

आँसु झर्ने गर्छ ।

 

३.काँडा

गुलाफसँगै हुन्छु

तर

मानिसहरू मलाई

छुन त के

हेर्दा पनि हेर्दैनन् ।