यशोदा गैरे

कैयौ रात निदाउन सकेका छैनौ भगवान
श्वास फेर्न नपाई एक एक गरि तडपिदै छौ
टिलपिल आशुँ लिई मृत्यलाई नियालिरहेछौ
बस टेक्सी कुदिरहेछन हतारमा घाट पुग्न भनि
यत्रतत्र छरिएका शव भरिदैछन ठेला गाडी पनि
हेर न अक्सिजन खोज्दा खोज्दै रोकिएको श्वासलाई
जलाइदै छ दर्ता गरि सुनको भाउमा आज ।

प्रत्येक सडकपेटी बन्दैछन अस्पतालका शय्याहरु
ल्याइदैछ तानेर ति र्निजिव सेता वस्तुहरु
र लाइनबद्द गरि गनिदैछ दुईसय पाँच,छ भन्दै
घण्टौ सम्म पालो कुरिरहेछन ति लासहरुले
आफ्नै अग्नि दहनको लागि घाटमा ।

जिवन प्राप्तीको आशा बोकि
छिरेको अस्पताल भित्र
रोधन चित्कारले गुञ्जयमान भईरहेछ
छुन त के देख्न सम्म नपाई अनुहार
किरिया पुत्री जस्तै टाढा बाट नियालि रहेछौ र
फुल चढाउनुलाई नै दागबत्ती मानेर
निभाउदै छौ संस्कार आफ्नै नियति ठानी

हिजो अपरिचित थिए ति बिलिन अनुहारहरु
आज परिचित पनि देखिदैछन
रगिंन सपना लिएर हिडिरहेका आत्महरु
बेहोश भई ढलिरहेका छन गल्ली गल्ली
भोली आफ्नै छाया आउनेछ कि भनी
लुकि रहेकाछौ झ्याल ढोका बन्द गरि हामी

कस्तो बिडम्बना हामी मृत्युको खबरले
पल पल मरिरहेछौ
अक्सिजनको अभावमा छट्पटिदै
मृत्युलाई स्विकारी रहेछौ
तिमि मन्त्री बनि हेडलाइन बनाउदै
प्रेम वार्ता गरिहेछौ प्रेमालयमा ।

हो, मर्नु त छदै छ सबलाई एक दिन
चिताबाट उडेको धुवा हेर्नै पर्छ कुनै दिन
किन दुखेन तिमिलाई घाटको दर्शक बनिरहदा
किन रोएन मन देखेर बिपतको सन्नाटा
कति निदाई रहेछौ तिमि मस्त निद्रामा
यो चर्किदो सर्वनासको प्रलयकालमा ।