उन्मुक्त साँढेहरूको जुधाइमा पर्दा
अनयासमा नै देशले कोल्टे फेरिदिन्छ
छियाछिया परेको शिथिल शरीरमा
छिमेकीको बुट बजारिन पुग्छ,
कहिलेसम्म हो बजारिने ती
काँडेदार बुट्टाका बुटहरू ?
फनफनी घट्ट घुमेझैँ गरी
घुमी घुमी आइरहन्छन् ती दिनहरू ।
जबसम्म धुजा धुजा पारिँदैन
तबसम्म रमितेहरूको चाङ कहाँ हट्छ र ?
रमिता हेर्ने त रमिते नै हुन्
नाटक र नौटङ्की कहाँ छुट्छ र ?
आफ्नो घरमा आगो झोसी
पराइ घरलाई बोकी हिड्ने
पल्ला घरकालाई बोकी हिँड्दा
कुन बेला हो खुट्टो लरखरिने ?
थाहा छैन कतिखेर !
को कसको गुलाम हुने हो ?
यो पनि थाहा छैन की !
कतिबेला नेपाल र नेपालीको
अस्तित्व मेटिने हो
अनि कुन समुद्रमा विलय हुने हो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला