चाहनामा डडेलो लागेपछि न हो
उजाड पारिएको प्रेममा विश्वास
रोइरहेको इतिहास लेखिरहन्छ
अनन्त बिडम्बना मिलनका ती क्षणहरू
अश्रुभेल कालीगण्डकीझैँ बगिरहन्छ
जुनेली रातजून लागेपछि न हो
आशाका किरणहरूले स्पर्श गरे पनि
जून मुस्कुराउँदा एक्लोपनले सताइरहन्छ
आकाशकालो बादलले मडारिँदा पनि
योमनले हर्षको वर्षाद अपेक्षा गरिरन्छ
भावना भत्किएर पछि न हो
हिमसिरेठो अनि हावाको झोक्कासँगै
यो मन पनि भूमरीमा परिरहन्छ
दोबाटोमा छुटेको यात्री फकिन्छ कि भनी
प्रभातकालीन रश्मिले विश्वास जगाइरहन्छ

अनिता पुन
यहाँ मन टुटेपछि न हो
असन्तुष्टि हावाको झोक्काले यो मनमा
उत्पातमच्चाइरहन्छ अझै पनि
उपविश्वासले कुनै योजना तय गरेकै छैन
बेफुर्सदिलो मनमा सधैँ राप र तापको
चिराग बलिरहन्छ
सपनामा आँधी हुरी चलेपछि न हो
अबोल प्रतिविम्ब पनि मुस्कुराएझैँ लाग्छ
अनन्त विडम्बना आँसुले सागर भरिरहन्छ
किनकि नजवानीले फेरि यो दुनियाँलाई
मुना र मदनको कहानी सुनाइरहन्छ
जिन्दगीले विश्वासको बेस क्यामसम्म पुगेर
वर्तमानको सञ्जाललाई भुलाइरहन्छ
– ललितपुर– १८, ललितपुर



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

