साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

अन्धकार समय

गजल

Chovar Blues Mobile Size

 

आजभोलि समय पनि अन्धकार भएको छ
पलपलको समाचार तीखो प्रहार भएको छ

चौबिसै घण्टा भगवानको नाम जप्न पर्दा
जतन गरेको जिन्दगी पनि करार भएको छ

मातृभूमिको सम्झनाले त झनै सताइरह्यो
सकिन्न तर्न लकडाउन ठूलो जंघार भएको छ

तार आउँछ बाआमाको सोध्न हालखबर
सातामा हुने सम्वाद अचेल लगातार भएको छ

सँगै बसेर दु:ख सुख साटन मन थियो हजुर
प्राण उडाउने अदृष्य शक्तिको हुँकार भएको छ ।।

sagarmani mobile size

अमेरिका

प्रतिक्रिया
Loading...