जीवनलाई प्रकृतिको उपहार भनियो
भगवान्को अमूल्य वरदान पनि भनियो
जन्म र मृत्युबिचको यात्रा पनि भनियो
रमाइरहनुपर्ने जात्रा पनि भनियो !
अनि मान्छेहरू धन दौलत जोडिरहे
कपटी भई मनमा ईर्ष्या राग बोकिरहे
कार बङ्गलालाई नै सफलता ठानिरहे
आफूलाई उच्च ओहदाको मानिरहे !
सहरमा गगनचुम्बी भवन छन् जसका
अहिले हेर त कोठा रित्ता भएका छन्
कोठा भर्नेहरू गाउँघरतिर गएका छन्
बस्नेहरू नभएर भवन भारी भएका छन् !
कोभिडको कहरले जताततै लकडाउन छ
सहरका ती गल्ली अनि सडक सुनसान छ
बाँच्ने रहरले घरमा लुकी बस्नुपरेको छ
महामारीको संक्रमणले गर्नुगरेको छ !
एक भारी पैसाले नि किन्न नसकिने
बाँचिन्छ कि भन्ने आस न रहेछ जीवन
अक्सिजनको सहाराले बाँचेकालाई हेर
आखिर एक मुठी सास न रहेछ जीवन !
सह–प्राध्यापक, कैलाली बहुमुखी क्याम्पस, धनगढी
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला