मरिसकेको छ कहाँ भेटिन्छ खोजेर
आफैँले नभेटाएको हो
त्यसैले खोजेको हुँ
कारणहरु छन् खोज्नुको
कहीँकतै हुनुपर्छ प्रमाणका ठेलीहरु
लुकेर बसेको
थाहा हुन्छ ल्याबमा टेस्ट गरेपछि
कसै न कसैसँग त
मेरो सपनाको डिएनए
मिल्ला नि यो पृथ्वीमा ।
उत्खननबाट संभावनाको खोजी गरिन्छ ।
भेटिएको वस्तुको नामकरण हुन्छ ।
मिल्यो भने उस्तै
पुर्खाको खोजी गरिन्छ ।
यही अनुसन्धानको पाटोमा
मेरो सपना यतिबेला
डाक्टरको हातमा परेको छ
स्टेथेस्कोपको छातीले
मेरो सपनाको उचाइ नापिरहेको छ ।
मुटुको चाल जाँचिरहेछ ।
भन्न बाँकी नै छ कस्तो छ भनेर
लेखिदिन बाँकी छ दबाईका पोकाहरु
कि गर्नु पर्ने हो कि एक्सरे
अझै भन्न बाँकी छ ।
पत्ता लागे त ठीकै होला
नलागे के गर्ने होला
आफ्नै सपनाको आफैँ साक्षी भएको हुनाले
एकचोटी सर्वोच्चमा मुद्दा हाल्छु ।
प्रमाण जुट्न सक्छ ।
मरेको छैन भने मेरो सपना
म पनि जीवित हुन सक्छु
अन्तिम पटक सर्वोच्च जान्छु
जीवित छन् कि सपनाहरु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।