कमजोर देखे हेपिदिने
बलियाे देखे पुजिदिने
शक्तिकाे पछि दाैडिदिने
यस्तै छ मान्छे,
आहा! क्या गजबको छ मान्छे ।
अरूकाे शरीरमा भुसुना देख्ने
आफ्ना मा भने हात्ती पनि छेक्ने
आहा ! क्या गजबकाे मान्छे
आफूमात्र पाे मान्छे ,
अरू के मान्छे ?
प्रशंसामा उडिदिने
चाकडीमा चिफ्लिदिने
जिब्रोले सधैँ मीठाे राेज्ने
कानले सधैँ जयकारकाे धुन नै खाेज्ने
यस्तो पाे मान्छे
आहा ! क्या गजबकाे मान्छे ।
आफू बन्छ उपदेशकाे खानी
शिष्य बन्न भने कहिले नजान्ने
अर्तीका लागि जन्मेकाे मान्छे
सुन्ने कान थुनेकाे मान्छे
यस्तो पाे मान्छे
आहा! क्या गजबकाे मान्छे ।
म, मेराे र आफ्ना मा जकडिएकाे मान्छे
स्वार्थकाे पर्खालले थुनिएको मान्छे
आहा! क्या गजबकाे छ मान्छे
मान्छे- मान्छेकाे भिडमा हराएकाे
यस्तै, म पनि एक
मान्छे ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला