…………..

सत्ताधारी सनक पिउँदै कुर्सिमा नै सुतेछ !
कोरोनाले गरिब जनता बिस्तरामै ढलेछ !!
सीमाबिन्दू श्रमिकजनको अश्रुमा स्नान गर्दा,
हेर्नू माडी अनि धरहरा, देशको घाम झर्दा!!१!!

बेची स्याऊ घरघर पुगी पाल्दथ्यो ऊ जहान ।
सोनूभैया कसरि अब ता थेग्न सक्ला र प्राण ?
हर्के दाजैझुपडितिर नै फर्किदा खालि हात,
हेर्नू माडी अनि धरहरा फैलिँदा सन्निपात !!२!!

छोरो फर्क्यो कफिन रुपमा खाडिको देशबाट ।
कोही यस्तो कसरि सहला, भाग्यको बज्रपात !!
हे उद्योगी, घरमुलुकमा काम केही नमिल्दा,
हेर्नू माडी अनि धरहरा, भोकले ज्यान गल्दा।।३।।

तीर्थराज भट्ट

“आफन्तैको निधन सहनू, जो नमिल्दा चिकित्सा !
बाँचेकाले हरदम दिनू”, उर्दी भो, “राज्य(निष्ठा”!!
तिम्रो(मेरो सकस दिलको राज्यले क्यै नसुन्दा,
हेर्नू माडी अनि धरहरा आत्मविश्वास डग्दा ।।४।।
भाऊ बढ्दा रसद( बुटिको खल्तिले गर्छ हास्य ।
मार्सी( ओम्नीसरि स्वरूपमा राज्यले लेख्छ भाष्य ।।
हल्ला धेरै नगर, मनुवा, चाहिए योग्य पात्र ,
हेर्नू माडी अनि धरहरा, सुन्नु ब्याख्यान मात्र ।।५।।

हे रैती हो, जयजय गरे, राज्य हूँ शक्तिशाली।
पैल्हा हुन्थे गरिब म पनी, आज छू शौर्यशाली।
ऐले मेरासरि मुलुकमा को छ दोस्रो प्रधान ?
हेर्नू माडी अनि धरहरा गर्नु मेरो बखान !!६!!

के हो सत्ता, मुलुक, जनता, हुन्छ के राजनीति ?
को को लेख्छन् विनिमय गरी स्वार्थमा राज्यनीति ?
इच्छा जागे यदि, युवक हो, हेर्न यो देश भित्र !
हेर्नू माडी अनि धरहरा प्रस्ट देखिन्छ चित्र !!७!!

छन्द- मन्दाक्रान्ता