अजय भुसाल

निर्दोश अनि निमुखालाइ पो ऐन छ
ठुला अनि भ्रस्टलाइ त चैन छनि
बलत्कारीको हत्यारा पो भेटिंदैन त
हत्यारालाई जोगाउने अभियान्ता त भेटिन्छ नि
बिरामी पो एम्बुलेन्स नपाएर मर्नूपर्छ
नेताको उम्मेदवारीलाइ हेलिकप्टर त छ नि
कोभिड बिरामीलाई अस्पताल र अक्सिजन पो छैन त
नेताको घरैमा निजी डाक्टर त छ नि
भोकमरी पीडित लाई अन्न पो छैन
भ्यु टावर अनि पार्क बनाउने पैसा त छनि
विकटका तुइन, स्कुल, अस्पताल लाई रकम पो पुग्दैन
नेताको बिलसितालाइ त पूग्छ नि
गरिबको घरमा चुल्हो बाल्ने जोहोलाई पो योजना छैन
ठुलाको घरमा दिवा अनि रात्रीभोजलाई त छनि
पसिना बेच्ने किसान अनि मजदूरलाई पो दूख छ
ठगी, कालोबजारी गर्नेलाई त मस्ती छ नि
समाजसेवी, पत्रकार, राष्ट्रसेवक लाई पो सुरक्षा छैन
राजनितीको खोल ओढ्ने कार्यकर्तालाइ त छनि
विपदमा जनतालाई पो सास्ती अनि कहर छत
सरकार फेर्दै बस्ने नेतालाई त मस्ती छनि
शिक्षित तर पहुंच नभएकालाई पो अवसर छैन
पहुंच भएकालाई त योग्यताविनै  अवसर छ नि
सच्चा राष्ट्रसेवकलाई पो खर्च धान्न धौधौ
भस्ट, चाप्लूसी र कामचोरलाई त पर्याप्त छनि