बाबुराम यात्री

१.

कोरना कहरमा
आउ कोहि बचाइ देउ
सङ्कट मोचन गरि देउ
यो कोरनाको बिगबिगीमा
लालाबाला  कोपिला चुडिएका छन्
युबक युवा देश बोक्ने कर्णधार ठगिएका छन्
बुढा पाका संस्कार सस्कृती बिसाउने लुटिएका छन्
मृत्यु सगै मान्छेका सपनाहरु पोलिएका छन्
गाउँ सहर खण्डहर भएका छन्
कोरना कहरमा
राप – तापमा छट्पटीमा
ब्रमाण्डको श्वासहरुहरु छन्
निर्दोष निमुखा माथि
कारुणिक कस्तो सजाय ?
घर -घरमै थुनिएर
जिन्दगीका होमवर्कहरु – असरल्ल छन्
त्रासमा बाचिरहेको मानव चोला
यस्तो के भएको होला
ए जून! तिमी किन हेर्छौ टुलुटुलु
यसरी नहेर्नु पर्ने तिमिले
यो असह्य सन्तापमा
सोरेर एक पसेरी शितलता भए पनि
यतातिर पठाइ देउ
कोरना कहरमा
 हाम्रा बैज्ञानिकहरु चुप छन्
 हाम्रा धनाढ्यहरु अर्कै ग्रहमा
 दाउ कुरिरहेका छन्
 भाग्ने कतिन्जेल जाने कहाँ
 बन्द गर यी बकबासहरु
 हातहरु फैलाउ
 मृत्युका अन्तिम शैयामा
  सुन ! लडिरहेका  मान्छेका चीत्कारहरु
  ए भगवान भनाउदा
  डरायौ कि कसो कोरना देखि
   मान्दिरै मन्दिररको देशबाट
   निक्ल घण्टहरु बजाउदै तिमिहरु
   नहेर स्वयम्भूको जस्तो अजिब गुच्चा आखाहरु
   नपत्याए बुइ
   चढ
   नियाल
   मान्छेहरुकै इमारत धरहरा या इफिल टावर
  सुन्नेछौ- देख्नेछौ सन्तानहरुको पिडा
  जस्तै तिम्रो प्रसब पिडाहरु
  कोरना कहरमा
फनफनी नाचेको छ – अभावहरु
किम कर्तव्य बिमुढ छ -निम्छरा अनुहारहरु
चरा झैं स्वतन्त्रताको देशमा
अल्झिएको छ- लामो आख्यानमा
मानवीय संकटले उघारेको छ- पर्धा
सबैको भएको छ -बिचल्ली
कसले बोलायो को-र-ना
शायद हामिले नै बोलायौ
उ लुरुलुरु आयो
छैन गाली गर्नुको विकल्प अब
सामना गर्नु नै छ अब
आउ प्राणी सब
ठुलो -सानो भेदभावको खाडल नखनौ
गल्ती  हामी महसुस गरौ
बाच्न पाउने हाम्रो अधिकार
फिर्ता लिऔ
सबै हामी  एक ठाउँमा उभिऔ
कोरना कहरमा।।
२.
धरहरा 
जिउँदो इतिहास बोकेर धरहरा
दुई पटक ढलेर पनि
फेरि भुइ माथी ठिङ्ग उभिएको छ
मानौं भिमसेन थापा
काठमाडौ हेरिरहेछ
बदलिँदो परिवेश धरहराको पेरिफेरिमा
शासन सत्ता घुम्छ
बिगुल फुक्छ शासकहरु
र परेड खेलाउछ टुडिखेलमा
मान्छेले बनाएका इमारत
उसको बुइ चढेर  एकनास
धरहरा आफूलाई ठूलो भएको
अदभूत गरिरहेछ
सामुन्नेमा चौडा छातिहरु खोलेर
बाटोहरु लम्पसार छ
बेपर्बाह मानिसहरु सपना बोकेर
गन्तब्यतिर छरिएका छन्
उ हेरिरहन्छ
 मान्छेका रात र दिनका चर्तीकला
 र गौरब गरिरहन्छ आफुलाइ
 धरहरा भएकोमा।
 
  सिन्धुली