डढेको कागजको पाना पनि
सरक्क बसेको छ भने त
अक्षहरू पनि बसिरहन्छन्
जस्ताको तस्तै

पाना पनि सग्लै देखिन्छ
जबसम्म हावा चल्दैन
केही कसैबाट छुइँदैन
जब छुइन्छ नि,
झऱ्याम् झुरुम् हुन्छ
सायद, कुनै विज्ञानले पनि
मिलाउन सत्तैन
सजिवता मरेको मान्छे डढेको
स्वतन्त्रताजस्तै
स्वाधीनता मरेको देशजस्तै

युवराज अधिकारी

बन्दुकको नालमा निदाएको
शान्तिजस्तै !
बन्दुकको नालमा निदाएको
शान्तिजस्तै !!

काठमाडौँ