मनिषा सुल्तानिया

हिजोसम्म वरिपरि हुन्थे सबै जना
आजा टाढाटाढा भाग्छन् मबाट किन
एक अर्काबाट नजिक नभई दूरी हुनुपर्ने
रोग आयो कस्तो मान्छेदेखि मान्छे भाग्नुपर्ने ।

एक्लै छु कोठाभित्र
कोही छैनन् साथी
घरी दुख्छ टाउको
घरी दुख्छ छाती
सास फुलेर गाह्रो हुन्छ
वज्रपात हुन्छ मेरो मनमाथि ।

कता गयो माया
कता गयो दया
कहाँ छन् मेरा आफन्त
कहाँ छिन् मेरी आमा ।

घरी घरी लाग्छ मलाई
कोरोना नै मेरा काल छन्
आज यस्तो भोलि
झन् बेहाल छन् ।

फेरि सोच्छु जित्नैपर्छ मैले
जसरी भए पनि
साह्रो गाह्रो भए पनि
उठ्नैपर्छ मैले
मेरो आत्मविश्वास बढाउनलाई
आफूलाई बलवान् बनाउनलाई
र कोरोनालाई हराउनलाई ।

सामाजिक दूरी कायम गरी आफ्नो काम गरौँ
कोरोनासँगै बाँच्नुपर्छ, बलियो भएर लडौँ
केही हुन्न लागे पनि सबै नियममा बस्दा
सचेत हुनुपर्छ अरूको दुःख सुन्दा ।

विविधतामा एकता जोडी
प्रणय गरौँ हामी सबै मिली
यो महामारीलाई जित्नैपर्छ
फेरि हामी सबै एक हुनलाई ।