पटक-पटक गला किन थिच्छस्
ए सपना, हरेक रात किन ऐँठन बनाउँछस्
रहरलाई पूरा गर्न ममा औकात छैन
सपना पूरा गर्न ममा हैसियत छैन
यो त प्रतिस्पर्धा र पैसाको संसार हो
रित्तिएको गोजीले औकात जत्ति खोज्छ
रहरले त्यति पटक गला थिचिरहेछ
केही आउला केहीमा सक्षम होला
तर कागजका नोटले तगारो हालिरहेछ
कल्पना गर्दागर्दै डाक्टर भैदिन्छु त कहिले इन्जिनियर
तर रित्तो गोजी छामिरहँदा
कल्पनामा बनेको बालुवाको सपनाको घर
भताभुङ्ग बनाउन बाध्य भैदिन्छु
एउटा कमिलो नमार्ने म
समय र परिस्थितिले सपनाको हत्या गर्न बाध्य बनाइदिएको छ
बाहिर त मुस्कुराउन कदापि छोड्दिनँ
ताकि दुनियाँले मेरो दुःख खिल्ली नउडाउन
बलात्कारीले बलात्कार गरेर आफैँ लासको दागबत्ती दिएजस्तो
म आफ्नै रहर मार्ने
सपनाहरू कुल्चेर मार्ने हत्यारा हुँ
हेर्दा शालिन देखिएला महोदय यो मुहार
तर कहिले सपना त रहर अनि कहिले खुसी
मार्ने अपराधी हुँ
हजुर म भित्रभित्रै आफैँलाई मार्ने
म आफ्नै हत्यारा हुँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

