अहिले छु भरे नहुन सक्छु
आज छु भोलि नरहन सक्छु
सबैलाई सम्झना सुनाउँछु अहिले नै
भरेपछि सुनाउन नपाउन सक्छु

आउनु र जानु एउटा खेल न हो
खेलबाट बाहिरिएपछि नआउनसक्छु
बाँचुन्जेल पो लाग्छ सधैँ रहिरहने हो
श्वासले छाडेपछि कहाँ म रहनसक्छु

मृत्युमात्र घटना मृतक सङ्ख्या भएका बेला
म पनि कुनै अङ्कमाथि थप अङ्क हुन सक्छु
आज र अहिलेमात्र त हो हकमा मिलेको समय
समयको सीमापछि म कहाँ भेटिन सक्छु