“बा”हरूको सत्ता विरुद्ध
जब आमाहरूले बाल्नेछन् मसाल
त्यसपछि सुरु हुनेछ दीपावली
छोरी जन्मेको खुसीमा
आमाहरू!
जब उत्रनेछन् स्वयं
युद्धको मैदानमा
र गर्नेछन् प्रतिकार
आफ्नो छातीमा बजारिएका
प्रत्यक बुटहरूको
त्यसपछि हिँड्नेछन् छोरीहरू
मान्छे बनेर
आमाहरू!
जब बोक्नेछन् काँधमा
युगको भारी
र लेख्नेछन् इतिहास
आफ्नै रगतले
त्यसपछि लेखिनेछ-
मान्छेको इतिहास
प्रिय आमाहरू,
इतिहास बदल्ने बेला भएन र?
जाग,
उठ,
अनि,
दाैड
याे धर्तीमा
परिवर्तनको अथक र निरन्तर यात्रामा
म तिमीहरूलाई विजयको शुभकामना दिन चाहन्छु ।
बुटवल
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला