माया र ममताकी खानी हजुरको खै कसरी गरूँ र म बयान
धाउनु पर्दैन कुनै मठमन्दिर जब घरमै हुनुहुन्छ आमा मेरी भगवान् ।
नौ नौ महिना कोखमा राखी भित्र्याउनु भयो यो सन्सारमा हजुरले मलाई
आफ्नो परिवारलाई अघि बढाउनुभयो आफ्ना हजारौँ सपनाहरू जलाई।
अनेकौँ घृणा र हेपाइ सहदै हुर्काउनुभयो मलाई
पूरा गर्न खोज्नुभयो प्यारी आमा मेरा इच्छा आफ्नो मनमा सजाई।
शीतल महसुस हुन्छ आमा भदौको गर्मीमा पनि जब हुन्छु हजुरको साथमा
सानो सपना छ मेरो आमा बुढेसकालमा होस् मेरो हात हजुरका ती मेहनती हातमा।
प्रेरणा मिल्छ आमा मलाई हजुरका ती कामले थकित हातले मेरो शिरमा छुँदा
झपक्क पनि गरेनन् है आमा हजुरका ती आखाका परेला म दु:ख ,पीडामा हुँदा ।
जन्मँदा म आमा हजुर खुसी हुनुभाथ्यो रे है धेरै
कहिलेकाही मेरा कारण निराश देख्दा आमा हजुरलाई दुख्छ मेरो मन साह्रै ।
अँध्यारोमा पनि उज्यालोपनको महसुस गर्छु जब हुन्छु हजुरको साथमा
जीवनभर रमाउन पाऊँ आमा हजुरकै ती ममतामयी काखमा ।
हजुरको हरेक इच्छा ,चाहना पूरा गर्ने धोको छ मेरो
हजुर साथमा हुँदा आमा रमाइलो लाग्छ मलाई मेरो सेरोफेरो ।
जति दु:ख कष्ट सहनुभयो आमा हजुरले म सानो छँदा
उति नै माया गर्न सकूँ हे भगवान् ! हजुर बुढेसकालमा हुँदा।
थरिथरिका छन रङ्ग हजुरको सारा जगत् नै रङ्गाउने
गगनसरिको मन हजुरको नक्षत्र नै अटाउने ।
आफू दु:खै दु:खको खाडलमा परि
सजाउनुभयो मेरा हरेक सपना मनमा आफ्नै सपना सरि।
आमाकै त्याग र बलिदानले अघि बढ्छ हरेक परिवार
शून्यतामै बिलाउँछ ए हजुर! आमाबिनाको घर।
इच्छा मेरो जीवनको हरेक नवीन सुरुवातमा हजुरका ती पाउ छुन पाऊँ
सन्तानको जीवन सिङ्गारिदिने आमा हजुरलाई गर्छु म प्रणाम।♥️
साधुवाद
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला