संसार हिजो कस्तो थियो , आज हेर्दा कस्तो छ
पहिला त नेपालको धन हरियाली वन थियो
अहिले त आखिर सुख्खा तपोवन भएको छ।
पहिले मानिसले धन किन्थे अरे
अहिले त उसलाई नै धनले किन्छन् हरे !!
मेरो सपना हरेक रात कहाँबाट कहाँसम्म पुग्यो
तर मेरो राष्ट्र भने त्यहाँको त्यही अल्मलियो
नेपालको सुख समृद्धिका लागि म हरपल जुटिरहेँ
तर के गर्नु र खै खोइरो तान्नेले मलाई पछारिदिए
पढ्ने मेरो अधिकार हो , ज्ञान फैलाउने दायित्व हो
यसैगरी दुर्गम क्षेत्रमा शिक्षा अदानप्रदान गर्ने मेरो सपना हो।।
सपना हेरेर वा देखेर कहाँ पूरा हुँदो रहेछ र ?
बिहानीपख अगरबत्तीले ईश्वरलाइ वरदान मागेर , फल कहाँ पाइँदो रहेछ र ?
पृथ्वी विशाल छ , यहाँ दुख नगरी सुख कहाँ पाइँदो रहेछ र ।
हाम्रा छिमेकी राष्ट्र पहिले हामीजस्तै थिए
सबै जनता मिलिजुली देश विकास गरेका थिए
सधैँ सरकारलाई हामी दोष दिन्छौँ
त्यसो भए सरकारले चाहिँ कसलाई दोषी मान्ने ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।