gagan

म र मेरो जुत्ता
हामी दुई उस्तै उस्ता
आफूले कर्म पूरा गरे नि
चुपचाप पीडा सहिरहने
परपीडकहरूद्वारा
आफूलाई घाेचाइरहने
म र मेराे जुत्ता…
…उस्तै उस्ता ॥
मेराे जुत्ता
धोएपछि सुकेर नि
फेरि पटकपटक
वर्षातमा भिजिरहने
आफूलाई चिस्याइरहने
अनि म
एउटै कक्षामा दुई वर्ष पढेर नि
फेरि पटकपटक
परीक्षाका लागि तड्पिरहने
आफूलाई डिप्रेसनमा पारिरहने
म र मेराे जुत्ता…
…उस्तै उस्ता ॥
मेराे जुत्ता
मेराे बेवास्ताकाा कारण
रुझिरहन्छ, घाममा तात्तिरहन्छ
अनि म
विश्वविद्यालयकाे बेवास्ताकाा कारण
तड्पिरहन्छु, घरिघरि तर्सिरहन्छु
म र मेराे जुत्ता…
…उस्तै उस्ता ।