कोरोनाको लहर
के दोष दिऊँ तिमीलाई
दोष दिने कुनै ठाउँ छैन
तिमी नपुगेको कुनै गाउँ छैन
न चिनेको तिम्रो कुनै नाम छैन
के दोष दिऊँ तिमीलाई
हुरी बतासझैँ तिमी
विश्वभरि फैलिएका छौ
बच्चा-बच्चालाई
थाहा नहुने कुनै ठाउँ छैन
आँखा चिम्लेर भन्छन् सबै
उ! फेरि आयो कोरोना
बस एकठाउँ कोरोना फैलिँदै छ
के दोष दिऊँ तिमीलाई
को बालक, को वृद्ध, को जवान
कसैलाई चिन्दैन साइरन बजाएर
यो कहिल्यै हिँड्दैन देखिँदैन पनि
अस्ती भर्खरै आएको थियो फेरि आयो
नमेटिने कोरोनाको लहर छायो
बचौँ हामी सामाजिक दूरी कायम गरी
मुखको कट्टु माक्स लगाऔँ नाक मुख
छोपिने गरी अनि मात्र हुन्छ कमी
बिहान उठ्नासाथ योग गरी
जनकपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला