साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः सृष्टि रचयिता आमा

तिम्रो विशाल हृदय देखेर आकाशले आफू सङ्कुचित ठान्छ

तिम्रो गहिरो ममता देखेर समुद्रले आफूलाई सतही मान्छ

तिम्रो व्यथा भित्रको सहनशीलता देखेर धर्तीले बोझ सहजै धान्छ

त्यसैले त तिम्रो महान्ताले मलाई चुम्बकले फलाम तानेझैँ तान्छ

आमा

तिम्रो परिश्रम देखेर नदी मोडमा ठोक्किँदै पनि निरन्तर बगिरहन्छ

तिम्रो बाँड्न पुग्ने प्रेम देखेर पवन हरस्थलमा एकनास चलिरहन्छ

सम्बन्धित पोस्टहरु

कविता- ‘म’ र फरक ‘तिमी’

कविताः आमा

कल्पना समर्पण: आमा

कविता: धन्न आमा

तिम्रो न्यानो स्पर्श र समर्पण देखेर सूर्यले प्रकाश र तापले सबैतिर छुन्छ

तिम्रो भद्रता र चुँडाउन नसकिने धैर्यता देखेर पहाड अटल भई ठिङ्ग उभिन्छ

आमा

तिम्रो सोच र भलाइको चाहना देखेर हिमाल खुसीले हाँस्ने गरेको छ

तिम्रो स्वच्छ मन र निष्कलङ्क मस्तिष्क देखेर रुखले हरियाली सौन्दर्य छरेको छ

तिम्रो पीडा लुकाई मुस्कुराउने शक्ति देखेर काँडाबिच गुलावले सुवास भरेको छ

त्यसैले त तिम्रो महान्ताले मलाई फलामलाई चुम्बकले झैँ तान्ने गरेको छ

हाल चन्द्रागिरी न.पा . १५ काठमाडौ

प्रतिक्रिया
Loading...