साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविता- आमा

विधाः छन्दोबद्ध कविता

छन्दः शार्दूलविक्रीडित

आमा हौ जननी समग्र तलमा देखिन्न पर्याय है
आमाको महिमा अपार जगको मानिन्छ आराध्य यै
अत्यन्तै श्रम गर्दछिन् नित उनी सङ्घर्ष विद्रोह नि
आफ्नो प्रेम जताउँछिन्‌ हरघडी सन्तान रम्ला भनी।।

अर्काको पनि पर्दछिन्‌ शरणमा सन्तान कल्याणमा
भन्छिन्‌ गर्व गरूँ सदा म उसमा त्यस्तो बनोस्‌ यो मुना
आमाको ममता अमूल्य धन हो चाहेर पाइन्छ र ?
लाखौँ जीवन धर्धरी मनुजको व्यर्थै कसो रुन्छ र ।।

मान्छे भैकन धर्म गर्छ जसले चाहन्छ ऐश्वर्यता
आमामा शिर के झुकाउन सकोस्‌ भन्दै जगत्‌की छटा                                                                                                टाढा अन्तकतै पुगेर मन यो दुख्ला चसक्कै यदि
आमाको मुख सम्झ सो वखतमा मिल्ला कुनै ओखती।।

उन्को त्याग नसम्झने मनुहरू होलान्‌ र के लोकमा
छन्‌ त्यस्ता अनजान मुर्ख मनुवा ज्यूँदै मरे हुन् सदा
माता हुन्‌ धरणी भुलोक वरणी साक्षी भए देवता
यस्ती जीवनदायिनी जननि यी सम्मान गछौँ सदा ।

प्रतिक्रिया
Loading...